१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई र जिआई  जेडले इभी यातायातमा लगानी गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:२५:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जिआई जेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने गरी सम्झौता गरेको छ । 

जिआई जेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेसन एक्सन फ्यासिलिटीको लगानीमा ‘दीर्घकालीन विद्युतीय यातायातका लागि नेपाल’ परियोजना सञ्चालन गरिरहेको छ । यता, बैंकले नेपालमा इभीको प्रयोगमा वृद्धि गर्ने उद्देश्यले इभी सार्वजनिक यातायातमा लगानी गर्न लागेको जनाएको छ ।

उक्त परियोजनाले यस्ता सवारीसाधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युतको उपभोगमा वृद्धि भई स्वच्छ वातावरण निर्माणमा सहयोग पु¥याउने बताइएको छ ।

साथै, सार्वजनिक यातायात सेवामा इभी सवारीसाधनको संख्या वृद्धि हुने, सर्वसाधारणको पहुँच विस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा पनि कमी आउनुका साथै सवारीसाधनबाट हुने वातावरणीय प्रदूषणमा समेत कमी आउने विश्वास बैंकले लिएको छ । 

त्यस्तै, बैंकले इभी प्रवद्र्धन गर्न व्यक्तिगत प्रयोजनका सवारीसाधनलाई पनि न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको जनाएको छ । जर्मन सरकारको स्वामित्वमा रहेको जिआई जेडले विश्वभरि दिगो विकास, शैक्षिक गुणस्तर विकास, जीवनयापन विकास आदि क्षेत्रमा लगानी गर्दै आएको छ । 

ad
ad