कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा रहन्छ : सांसद बस्नेत

सोमबार, २१ फागुन, २०८०
डिजिटल संस्करण

कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन्।

सत्तागठबन्धन परिवर्तन भएपछि प्रतिक्रिया दिँदै सांसद बस्नेतले सशक्त प्रतिपक्षको भूमिकामा रहेर जनताको पक्षमा काम गर्ने बताएका हुन्। 

उनले भने, ‘हामी अब सशक्त प्रतिपक्षको भूमिकामा हुन्छौँ। जनताको पक्षमा बस्नका लागि हामीलाई गाह्रो छैन। प्रधानमन्त्रीले सत्तागठबन्धन परिवर्तन गर्नुभयो। के कारणले हो, पछि थाहा हुँदै जाला। आजदेखि नै संगठन निर्माणमा लाग्ने र चुनावमा एक्लै लड्ने आँट गर्नुपर्छ।’  
 

सुझावित समाचार