१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १७ बिहीबार १४:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुस–युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १७ बिहीबार १४:२५:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रतिनिधिसभा सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

मानव तस्करी गरी नेपालीलाई रुस–युक्रेन युद्धमा लगेको उल्लेख गर्दै राप्रपा सांसदहरूले यस विषयमा परराष्ट्र मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको हो।

सांसद ज्ञानबहादुर शाही प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा विना लामा, अनिशा नेपाली र विना जैसवाल रहेका छन्।