१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २३ आइतबार १४:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

विस्फोटक ब्याटर कुशल मल्ल आउट, दश ओभरमा नेपालको स्कोर ९४ रन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:o७:oo

विशाल लक्ष्य पछ्याएको नेपालले टी–२० मा आफ्नो सबैभन्दा विस्फोटक ब्याटर कुशल मल्ललाई गुमाएको छ । 

९.५ ओभरमा ९१ रनको अवस्थामा नेपालले चौथो विकेटका रूपमा कुशललाई गुमाएको हो । आउट हुनुअघि उनले २१ बलमा एक छक्का र चार छौकाको मद्दतमा ३२ रन बनाए । इनिङ्सको ९.५ ओभमा कुशललाई स्कोटजले स्मिटबाट क्याच आउट गराए । कुशलले दुई बलमा एक छक्का र चार चौकाको सहयोगमा ३२ रनको योगदान दिए । यसै खेलमा कुशलको नाममा अन्तर्राष्ट्रिय टी–२० रनमा रहेको कम बलमा बनाएको शतकीय इनिङ्स तोडिएको थियो ।

नामिबियाको पहिलो ब्याटिङमा जान इटनले केवल ३३ बलमै शतक पूरा गर्दै कुशलले १९औँ एसियन खेलकुदमा मंगोलियाविरुद्ध राखेको विश्वकीर्तिमान तोडेका थिए। नेपालले दुई सय सात रनको लक्ष्य पछ्याइरहेको छ। नेपाललाई ६० बलमा एक सय एक सय १५ रन आवश्यक छ।

यसबीच, दश ओभरको खेल सकिँदा नेपालले चार विकेट गुमाएर बनायो ९४ रन बनाएको छ । दश ओभरमा नामिबियाले तीन विकेट गुमाएर ६२ रन बनाएको थियो   क्रिजमा अहिले नयाँ ब्याट्सम्यानहरू गुल्सन झा एक रन तथा दीपेन्द्रसिंह ऐरी आठ रनमा खेलिरहेका छन् । नामिबियाका लागि जान इटनले एक तथा बर्नान्ड स्कोटजले एक विकेट लिएका छन् ।

ad
ad