१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
प्रतिनिधिसभाको आजको बैठकको सुरुमै उठेर विरोध जनाउँदै प्रतिपक्षी दलहरु एमाले, रास्वपा, राप्रपाका सांसद । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसदमा प्रतिपक्षीले खोजे प्रधानमन्त्री, संसद् छलेर हिँडिरहेको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:४o:oo

प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा उठेका सवालको जवाफ दिनभन्दा प्रधानमन्त्री संसद् छलेर हिँडिरहेको आरोप लगाएको छ । 

प्रतिनिधिसभाको आजको बैठकको सुरुमै आकस्मिक समय लिएर एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् छलेर हिँडिरहेको आरोप लगाएका हुन् । 

उनले बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको पुनः ध्यानाकर्षण गराए । विवादित मन्त्रीहरूका सम्बन्धमा संसदमा उठेको सवालको जवाफ संसदमै उपस्थित भएर प्रधानमन्त्रीले दिनुपर्ने उनले माग दोहोर्‍याए ।

‘प्रधानमन्त्री संसद् छलेर बाहिर हिँडिराख्नुभएको छ । यो चिन्ताको विषय हो । हामी संसद् अवरोध होस् भन्ने चाहँदैनौँ,’ उनले भने, ‘तर, मर्यादित र संयमित ढंगले संसदमा प्रस्तुत हुँदा पनि सरकार सुन्न तयार देखिएको छैन ।’  

उनले मुलुकमा सुशासनका निम्ति प्रमुख प्रतिपक्षी दलले खबरदारी गर्दै आएको पनि बताए । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत तथा पर्यटन तथा नागकिरक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न एमालेसमेतका प्रतिपक्षी दलहरूले माग गरिरहेका छन् ।

ad
ad