मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १० बिहीबार १२:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालकुमारी घटनाका दोषीमाथि कारबाही नभए सदन अवरोध गर्ने प्रतिपक्षको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार १२:o१:oo

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदले समसामयिक विषयमा देखिएका समस्याबारे आवाज उठाउँदै ती मुद्दा सम्बोधन नगरे सदन अवरोध गर्ने चेतावनी दिएका छन्।

बैठक आरम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले उठेर बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसद रघुजी पन्तलाई समय दिएका थिए।

नेता पन्तले सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसमेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर बयान लिइरहेका समयमा मन्त्री बस्नेतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे।

एमालेका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रश्न उठेपछि राजीनामा दिएको सन्दर्भ उठाउँदै अहिले त्यस्तो नदेखिएमा सैह्य नहुने चेतावनी दिए।

सांसद पन्तले बालकुमारीमा गोली प्रहारबाट मारिएका दुई युवाको हत्याको घटनामा छानबिनको प्रतिवेदन कार्यान्वयन नभएको पनि गुनासो गरे। उनले लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले सरकारी जग्गा विवादित रूपमा भाडामा दिने निर्णय गरेकामा पनि प्रश्न उठाए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले पनि बालकुमारी घटनाका दोषीलाई कारबाही नहुने हाे भने यस्ता काम कायम रहेमा संसद् र सडकमा आन्दोलन हुने चेतावनी दिए। उनले मिटरब्याज (अनुचित लेनदेन) पीडितहरु पुनः काठमाडौं आएर आन्दोलन गर्न बाध्य भएको पनि जानकारी गराए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले मुलुकमा अनियमितता, बेरुजु र दण्डहीनता बढेको उल्लेख गर्दै संसदीय व्यवस्थामाथि नै समीक्षा गर्नुपर्ने बताए।