Skip This
भरतपुर विमानस्थल विस्तारका लागि साेमबारदेखि सर्भे हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ६ आइतबार
  • Saturday, 27 July, 2024
रासस चितवन
२o८o फाल्गुण ६ आइतबार १४:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुर विमानस्थल विस्तारका लागि साेमबारदेखि सर्भे हुने

Read Time : > 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८o फाल्गुण ६ आइतबार १४:१५:oo

भरतपुर विमानस्थलको विस्तारको प्रक्रिया अघि बढ्ने भएको छ। यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग विस्तार गर्न लागिएको हो ।

विस्तारका लागि सर्भे गरी डिजाइन गर्नुका साथै डिजाइनअनुरूप ओएलएस (अप्सट्रेकल लिमिटेसन सर्भे) गरिनेछ । सर्भेको काम सोमबारबाट सुरु गरिने भएको हो । गत शुक्रबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बसेर सोमबारबाट काम सुरु गर्ने सहमति भएअनुरूप काम सुरु हुन लागेको हो । भरतपुर विमानस्थलका प्रमुख दीपक विकका अनुसार आज नै प्राविधिकहरूको टोली चितवन आइपुग्दै छ । उनले भने, ‘सोमबारदेखि काम अघि वढाउँदै छौँ । एक हप्ताभित्र सर्भेको काम सम्पन्न हुनेछ।’

नगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको उपस्थिति थियो। बैठकले विमानस्थल विस्तार र घोडा प्रजनन केन्द्र शक्तिखोरमा स्थान्तरण एकसाथ अगाडि बढाउने सहमति गरेको हो। सर्भेको नतिजा आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढाइनेछ।

यस्तै समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ। गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो। संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले व्यहाेर्ने छ।

विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्रलगायत संरचना छन् । कुल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले एक हजार दुई सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ चार सय १२ मिटर विस्तार गर्ने योजना छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा एक हजार पाँच सय मिटरको बनाउनुपर्नेछ।

ठूला जहाजसमेत चल्ने गरी विमानस्थल विस्तार हुनेछ । हाल विमानस्थलको धावनमार्गको लम्बाइ कम भएकाले ठूला जहाज उडान–अवतरण गर्न सक्दैनन् । विमानस्थल विस्तार भएपछि यहाँबाट रात्रिकालीन उडान, ठूलो क्षमताका जहाज, धेरैवटा उडान सुरु हुने र हवाई इन्धनको पनि सेवा उपलब्ध हुने हुनेछ । प्रमुख दाहालले सबैतिरबाट एकसाथ काम अघि बढ्ने भएकाले विमानस्थल विस्तार छिट्टै हुनेमा विश्वास व्यक्त गरिन्।