मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o माघ २८ आइतबार
  • Sunday, 13 July, 2025
२o८o माघ २८ आइतबार १७:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गौशालाको गेस्ट हाउसमा युवतीको हत्या, दुई दिनपछि आरोपी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २८ आइतबार १७:२६:oo

काठमाडौंको गौशालास्थित गेस्ट हाउसमा महिलाको हत्या भएको छ। हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो। 

रामेछाप स्थायी ठेगाना भई काठमाडौं बस्ने अन्दाजी ३० वर्षीया प्रमिला दमाई‌ंको हत्या भएको हो। शनिबार बिहान महिला मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

शुक्रबार ती युवक र युवती गेस्ट हाउसमा सँगै बसेको खुलेको छ। हत्या आरोपमा एक युवकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको गौशाला वृत्तका डिएसपी केशव थेबेले बताए।