१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २० बिहीबार १४:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नक्कली नोटसहित बाराबाट पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o३:oo

जिल्ला प्रहरी कार्यालय बाराले एक हजार दरका ६१ थान नक्कली नेपाली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा परवानीपुर गाउँपालिका– ५ का सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको वीरगन्ज महानगरपालिका– १० का विशालकुमार श्रीवास्तव, सोही ठाउँ बस्ने नीरज श्रीवास्तव र सर्लाहीको चन्द्रनगर गाउँपालिका निवासी ४४ वर्षीय रामचन्द्र महतो कोइरी रहेका छन्।

विशेष सूचनाको आधारमा उनीहरूलाई नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

उनीहरूको साथबाट एक हजार दरका ६१ थान नक्कली नोट र भारतीय सीमकार्डसहितको मोबाइल सात थान बरामद भएको उनले बताए।

ad
ad