१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २३ मंगलबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ २३ मंगलबार o७:oo:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरले जडान गर्‍यो  एक हजार २६ स्मार्ट सडकबत्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २३ मंगलबार o७:oo:oo

महानगरले स्मार्ट सडकबत्ती जडानलाई तीव्रता दिएसँगै मुख्य–मुख्य सडक तथा चोक झलमल्ल

केही दिनयता काठमाडौं महानगरभित्रका सडक उज्यालो देखिन थालेका छन् । महानगरले स्मार्ट सडकबत्ती जडानलाई तीव्रता दिएसँगै मुख्य–मुख्य सडक तथा चोक झलमल्ल बनेका छन् ।

महानगरले हालसम्म एक हजार २६ वटा स्मार्ट सडकबत्ती जडान गरेको छ । महाराजगन्ज–लैनचौर–जमल खण्डमा तीन सय १८ वटा, महाराजगन्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म तीन सय ६३ वटा, कमलपोखरीदेखि गौशालासम्म एक सय ८१ वटा, त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ वटा, चाबहिल–बौद्ध सडकखण्डमा ९९ वटा बत्ती जडान गरिएको हो ।

यी खण्डको प्रारम्भिक अध्ययनअनुसार ३४०, ३७४, १९०, ७६ र ९२ वटा बत्ती जडान गर्नुपर्ने देखिएको थियो । महानगरपालिकाका इलेक्ट्रिकल इन्जिनियर पदमराज पौडेलका अनुसार स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको हो । पौडेलका अनुसार फराकिलो सडकमा एक सय २० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् । 

सडकबत्ती जडानका लागि महानगरले ६० र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत रकम व्यहोरेको हो । ११ करोड ९९ लाख ७४ हजार नौ सय २५ रुपैयाँ लागत अनुमानमध्ये ६० प्रतिशत महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत् प्राधिकरणले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताबमोजिम २४ वैशाख ०८१ भित्र काम सम्पन्न गर्नुपर्नेछ । महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगन्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शीतलनिवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्मको रुट राखिएको छ ।

विद्युत् प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तिनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेलवरिपरि बत्ती जडान हुनेछन् ।