Skip This
श्वासप्रश्वास प्रणालीलाई स्वस्थ राख्ने प्राकृतिक उपाय 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २१ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ २१ आइतबार ११:३o:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

श्वासप्रश्वास प्रणालीलाई स्वस्थ राख्ने प्राकृतिक उपाय 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २१ आइतबार ११:३o:oo

संक्रमण, वातावरणीय कारण, जीवनशैलीलगायत विभिन्न कारणले श्वासप्रश्वास प्रणालीलाई असर गरिरहेको हुन्छ । श्वासप्रश्वास प्रणालीलाई हल्कादेखि गम्भीरसम्म असर गर्ने विभिन्न रोग तथा अवस्थाबाट टाढा रहनु राम्रो हुन्छ । कुनै समस्या देखिहाले पनि प्राकृतिक तवरले यसको उपचार गर्न सकिन्छ । दम, पिनास, क्रोनिक अब्सट्रक्टिब पल्मोनरी डिजिज, निमोनिया, फोक्सोको क्यान्सर, पल्मोनरी एम्बोलिज्म, सिस्टिक फाइब्रोसिस, क्षयरोग आदिजस्ता रोगले हाम्रो श्वासप्रश्वास प्रणालीलाई नकारात्मक असर परिरहेका हुन्छन् । उचित खानपान, प्रदूषणरहित वातावरणमा बस्ने तथा सामान्य व्यायाम गर्नाले पनि यसलाई स्वस्थ राख्न सकिन्छ । विभिन्न खाले सास फेर्ने अभ्यासले फरक–फरक प्रकारका उद्देश्यका हुन्छन् र तिनले दिने फाइदा पनि फरक–फरक हुन्छन् । एक व्यक्तिका लागि काम गर्ने अभ्यासले अर्को व्यक्तिका लागि समान तरिकाले काम नगर्न पनि सक्छ । तसर्थ, स्वास्थ्यकर्मी, प्राकृतिक चिकित्सक तथा थेरापिस्टसँग सल्लाह लिएर मात्र यस्तो खालको व्यायाम गर्नु उपयुक्त हुन्छ । यदि कुनै खाले स्वास्थ्य समस्या छन् भने नयाँ खालको व्यायाम सुरु गर्नुअघि स्वास्थ्यकर्मीसँग परामर्श लिनु बुद्धिमानी हुन्छ ।

खानपान 
- विभिन्न प्रकारका सिजनल फलफूल तथा तरकारीको सेवन गर्नुपर्छ । मेथीले स्वाभाविक रूपमा ब्रोन्कियल मांसपेशीलाई आराम दिन्छ, त्यसैले यसको दाना वा यसबाट बनेका सप्लिमेन्ट वा अन्य उत्पादनको नियमित सेवन गर्न सकिन्छ । 

- विभिन्न खाले आहारपूरक खाद्य पदार्थ जस्तै– ओमेगा, कुर्कुमिन, भिटामिन डी, कर्डिसेप्स, सेलेनियमजस्ता उत्पादनले पनि हाम्रो श्वासप्रश्वास प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छन् । 

- एरोबिक वा कुनै पनि कार्डियोभास्कुलर व्यायामले हामीलाई थप सास फेर्न मद्दत गर्दछ, त्यसलाई हाम्रो दैनिक व्यायामको सेड्युलमा राख्न सकिन्छ । योग, प्राणायाम फोक्सोको क्षमता सुधार गर्नका लागि उत्तम व्यायाम हो । बिहानको समयमा व्यायाम गर्नाले श्वासप्रश्वास मात्र नभई अन्य अंग पनि स्वस्थ राख्न मद्दत गर्छ ।

- पर्याप्त मात्रामा ८–९ घण्टा राम्रोसँग सुत्नु आवश्यक छ । धुलो–प्रदूषणरहित वातावरण कायम गरी त्यसमै रहने बानी गर्नुपर्छ । 

पर्सड–लिप ब्रेथिङ 
यो अभ्यासले हाम्रो वायुमार्गलाई लामो समयसम्म खुला राख्छ । फोक्सोभित्र र बाहिर हावा प्रवाहलाई सहज बनाउँछ । यसले फोक्सोलाई काम गर्न सजिलो बनाउँछ र अक्सिजन र कार्बन–डाइअक्साइडको आदानप्रदानमा समेत सुधार ल्याउन सहयोग गर्छ । यो व्यायाम कम शारीरिक गतिविधि गर्ने र आफ्नो सास फेर्ने मांसपेशी बारम्बार प्रयोग नगर्ने व्यक्तिहरूका लागि पनि लाभदायक हुन सक्छ । 

सीधा बस्ने– गुड पोस्चरले स्वस्थ फोक्सोको चाललाई सहयोग गर्छ । बिस्तारै आफ्नो नाकबाट गहिरो श्वासभित्र लिने । पाउट गरेजसरी आफ्नो ओठलाई पर्स गर्ने । पर्स गरिएका ओठबाट सकेसम्म बिस्तारै सास बाहिर फाल्ने । ५–६ पटक दोहोर्‍याउन सकिन्छ ।

डायाफ्राम्याटिक ब्रिथिङ
डायाफ्राम्याटिक ब्रिथिङ पेट तथा छातीको उत्तम अभ्यासमध्ये एक हो । यसमा डायाफ्राम, छाती र पेटको बीचमा रहेको मांसपेशीको प्रयोग हुन्छ । प्रत्येक साससँगै पेट फुक्ने र खुम्चने भएकाले यसलाई बेली ब्रिथिङ पनि भनिन्छ । सीधा सुत्ने र आफ्नो शरीरलाई आराम दिने । आफ्नो हात पेटमा हल्का राख्ने । नाकबाट सास फेर्ने र छाती स्थिर राखी पेट बाहिर सार्ने । करिब दुई सेकेन्डसम्म बिस्तारै श्वास छोड्ने, यसो गर्दा पेट भने भित्रतिर सरेको हुनुपर्छ । यसलाई पनि ५–१० पटक दोहोर्‍याउन सकिन्छ ।

रिब स्ट्रेच
आफ्नो कम्मरमा हात राखेर सीधा स्थितिमा उभिनुपर्छ । अब, फोक्सो भरिएसम्म बिस्तारै श्वासभित्र लिने । आफ्नो सास २० सेकेन्डसम्म रोक्ने आफ्नो क्षमताअनुसार सकेसम्म लामो समयसम्म रोक्ने । अब विस्तारै श्वास छोड्ने । यसलाई पनि ५–१० पटकसम्म दोहोर्‍याउन सकिन्छ ।

यान टु स्माइल
यो व्यायामले हाम्रो डायाफ्रामलाई विस्तार गर्न ठाउँ दिन्छ र छातीको मांसपेशीलाईसमेत शक्ति प्रदान गर्दछ । यसका लागि आफ्नो ओछ्यान वा कुर्सीको छेउमा सीधा बस्नुपर्छ । हातहरूलाई टाउको माथि तनक्क तन्काउने । लामो हाई गर्दै दुवै हातलाई फराकिलो तरिकाले स्ट्रेचिङ गर्ने । अब आफ्नो हात तल ल्याउने र तीन सेकेन्डका लागि मुस्कुराएर समाप्त गर्नुपर्छ ।

हम्मिङ 
साधारण हम्मिङले हाम्रो फोक्सोको क्षमता बढाउन सक्छ । यसले फोक्सोबाट बासी हावालाई बाहिर निकालेर थप ताजा हावाका लागि ठाउं खाली गर्छ । यसले तनाव पनि कम गर्छ र बिरामीलाई ताजापन महसुस गराउन मद्दत गर्छ ।