Skip This
इम्मालाई मनपर्ने ५ पुस्तक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २१ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ २१ आइतबार १o:५३:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

इम्मालाई मनपर्ने ५ पुस्तक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २१ आइतबार १o:५३:oo

अमेरिकी अभिनेत्री इम्मा रोबर्टस् अध्ययनकी सौखिन हुन् । अध्ययन संस्कृतिलाई प्रवर्द्धन गर्न कारा प्रेसिससँग मिलेर उनले २०१७ यता बेलेस्ट्रिस्ट नामक अनलाइन बुक क्लब सञ्चालन गरिरहेकी छिन् । इम्मालाई मनपर्ने केही पुस्तक यस्ता छन् । 

द रुल्स डु नट एप्लाई : यो पुस्तक एरियल लेभीको संस्मरण हो । सानो उमेरदेखि नै सामाजिक मापदण्डको प्रतिरोध गर्ने दिशामा खडा हुँदाको अनुभव तथा करिअरका उतार–चढावलाई एरियलले यस पुस्तकमा लेखेकी छिन् । उनले न्युर्योक म्यागाजिनमा टाइपिस्टका रूपमा करिअर थालेकी थिइन् । 

टेल मी लाइज : कारोला लभरिङको पुस्तक टेल मी लाइज इम्मालाई मनपर्ने अर्को पुस्तक हो । 

द इम्पोसिबल लाइभ्स अफ ग्रेट वेल्स : इम्मालाई मनपर्ने अर्को पुस्तक द इम्पोसिबल लाइभ्स अफ ग्रेटा वेल्स हो । आफ्ना जुम्ल्याहा दाजुको मृत्यु र लामो समयदेखिका प्रेमीसँगको ब्रेकअपपछिको फेलिक्स (मुख्य पात्र)को मानसिक उतारचढाव यस उपन्यासको मुख्य कथा हो । 

लिटिल फायर्स एभ्रीहोेयर : सेलस्टी एनजीको यस उपन्यासमा विभिन्न पात्रमार्फत मातृत्व, रंगभेद, नियम, सही–गलतको विषय उठान गरिएको छ । 

द लाइट वी लस्ट : जिल सान्तोपोलोको द लाइट वी लस्ट इम्मालाई मनपर्ने अर्को पुस्तक हो । यस उपन्यासमा मुख्य पात्रको प्रेम सम्बन्ध र जटिलता देखाइएको छ । कोल बेन्जामिनको द इम्र्मोट्यालिस्ट पनि इम्मालाई मनपर्ने पुस्तक हो ।