१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० माघ १८ बिहीबार ०९:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवलमा ६ क्विन्टल मरेका माछा बरामद

Read Time : < 1 मिनेट
२०८० माघ १८ बिहीबार ०९:४२:००

बुटवलमा प्रहरीले मरेका माछा बरामद गरेको छ । बुटवल उपमहानगरपालिका– ११ योगीकुटी चोकबाट प्रहरीले मरेका माछा बरामद गरेको हो । उक्त माछा भारतबाट ल्याइएको प्रहरीको भनाइ छ ।  

भन्सार छलेर, चोरी निकासी गरी अवैध रूपमा माछा ओसारपोसार भइरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले माछा बरामद गरेको हो । 

प्रहरीका अनुसार माइक्रो बसहरू चेकजाँच गर्ने क्रममा भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका बसहरूको पछाडि डिक्कीमा लुकाइछिपाई राखेका प्लास्टिकको  आठ बोरा माछा बरामद गरिएको छ ।

बरामद भएका बैखी जातका मरेका माछा एकै ठाउँमा राखी तौल गर्दा ६ क्विन्टल रहेको प्रहरीको भनाइ छ । बरामद माछा स्थानीय प्रतिनिधिको रोहवरमा इलाका प्रहरी कार्यालयको कम्पाउन्डभित्र खाडल खनी नष्ट गरिएको प्रहरीले जनाएको छ ।