१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० पौष १४ शनिबार १८:३३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पुरुषतर्फ खड्का र बज्राचार्य तथा महिलातर्फ विष्ट र थापा उपाधिका लागि भिड्ने

माछापुच्छ्रे टेनिस प्रतियोगिता

Read Time : < 1 मिनेट
२०८० पौष १४ शनिबार १८:३३:००

२०औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सतर्फको उपाधिका लागि नेपाल नम्बर १ प्रदीप खड्का र पूर्वनेपाल नंं १ संरक्षक भूषण बज्राचार्य भिड्ने भएका छन्।

प्रतियोगिताको महिलातर्फ नेपाल नं १ अभिलाषा विष्ट र सुनिरा थापा भिड्ने भएका छन्। कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न सेमिफाइनलको खेलमा जित हात पार्दै उनीहरूले उपाधि यात्रा तय गरेका हुन्।

प्रतियोगिताअन्तर्गत मेन्स डबल्सको उपाधि भने संरक्षक भूषण बज्राचार्य र सम्यकभूषण बज्राचार्यको जोडीले जितेको छ। भारतीय खेलाडीहरू अभिनन्सु ठाकुर र सिद्धान्त डेकाको जोडीलाई बज्राचार्य दाजुभाइको जोडीले ७–५ र ६–४ को सेटले पराजित गर्दै उपाधि हात पारेका हुन्।

६५ वर्षमाथि सिंगल्सको उपाधि जित्ने क्रममा मनोज राणाले फाइनलमा विदुर विष्टलाई ४–१ र ४–० को सेटमा पाखा लगाए। यसैगरी, डबल्सतर्फ ३५ वर्षमाथिको उपाधि जित्ने क्रममा अनिल शाही र सीमान्त गुरुङको जोडीले जितेन्द्र परियार र इलम दीक्षितको जोडीलाई ७–६ र ६–१ को सेटमा हरायो।

प्रतियोगिताअन्तर्गत सिंगल्सतर्फ ३५ वर्षमाथि सन्तोष खत्री र पूवनेपाल नं १ कमल भण्डारी, ४५ वर्षमाथि रोहित सुनुवार र महेश श्रेष्ठ, ५५ वर्षमाथि जीवन घिमिरे र बिमल गुरुङ उपाधिका लागि भिड्ने भएका छन्।

४५ वर्षमाथि चन्द्र शाही र महेश श्रेष्ठको जोडी, ५५ वर्षमाथि कृष्णराज घले र सुवर्ण ढाक्वाको जोडीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्।