१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १o:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

शुक्रको अग्रता एक स्ट्रोक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:o४:oo

नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन एक स्ट्रोकको अग्रतासहित शीर्ष स्थान बलियो बनाएका छन् । उनले समग्रमा २ अन्डर १ सय ३८ स्कोर गरेका छन् । दोस्रो स्थानमा रहेका नीरज तामाङ शुक्रभन्दा एक–एक स्ट्रोकले पछि परेका छन् । धरान गल्फ क्लबमा चलिरहेको प्रतियोगिताको साबिक विजेता शुक्रलाई कडा चुनौती दिँदै नीरजले १ अन्डर १ सय ३९ स्कोर गरेका छन् । नेपालका पूर्वनम्बर एक खेलाडी भुवन नगरकोटीले २ ओभर १ सय ४२ को स्कोर गरे । उनी तेस्रो स्थानमा उक्लिए । उनी एमेच्योर गल्फर युवराज भुजेलसँग संयुक्त रूपमा तेस्रो स्थानमा छन् । 

समग्रमा ४–ओभर १ सय ४४ को स्कोर गरेका रवि खड्का, राजेन राई र भुवनकुमार रोक्का संयुक्त रूपमा चौथो स्थानमा रहेका छन् । तीनै खेलाडीले बिहीबार १ अन्डर ६९ को स्कोर कार्ड बनाए । समग्रमा ६–ओभर १ सय ४६ स्कोरसहित धनबहादुर थापा र रामे मगर संयुक्त रूपमा सातौँ स्थानमा रहे । धनले २ ओभर ७२ र रामेले ५ ओभर ७५ स्कोरमा खेल सकाए । सञ्जय लामा, सूर्यप्रसाद शर्मा र दीपक मगर संयुक्त रूपमा नवौँ स्थानमा रहेका छन् । 

एमेच्योरतर्फ युवराज भुजेल शीर्ष स्थानमा रहेका छन् । उनले समग्रमा २ ओभर १ सय ४२ को स्कोर गरे । उनले गजेन्द्र गुरुङलाई ३ स्ट्रोकले पछि पारे । यो सिजनको पहिलो उपाधि जित्ने दाउमा रहेका शुक्रले दोस्रो दिनको सुरुवात राम्रो गरे । उनले फ्रन्ट नाइनमा २ अन्डर ३४ स्कोर गरेका थिए । फ्रन्ट नाइनमा उनले चार बर्डी निकाले । तेस्रो होलमा एक सट बचाएका उनले पाँचौँदेखि सातौँ होलसम्म लगातार ३ बर्डी प्रहार गरे ।

ब्याक नाइनमा खराब प्रदर्शन
चौथो र नवौँ होलमा उनले एक–एक सट खेर फाले । यसपछि ब्याक नाइनमा शुक्रले खराब प्रदर्शन गरे । १०औँ, १४औँ र १७औँ होलमा बोगी खेप्दा उनले ब्याक नाइन ३ ओभर ३७ स्कोर गरे । ब्याक नाइनको यही खराब प्रदर्शनमा शुक्रले नीरज तामाङविरुद्ध अग्रता बढाउन सकेनन् । नीरजले फ्रन्ट नाइनमा खेल बिगारे । बोगीबाट दिनको सुरु गरेका नीरजले दोस्रो र छैटौँ होलमा बर्डी प्रहार गरे । तर, चौथो होलको डबल बोगी र सातौँ होलको बोगीले उनले फ्रन्ट नाइन २ ओभर ३८ स्कोर गरे । उनले १२औँ, १५औँ र १८औँ होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन १ अन्डर ३३ स्कोरमा खेल सकाए । भुवनले फ्रन्ट नाइन इभन–पार ३६ स्कोर गरेका थिए । उनले ब्याक नाइनमा १०औँ, ११औँ र १४औँ होलमा एक–एक सट खेर फाले । 

ad
ad