१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ १० बुधबार १०:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भायानेटले ल्यायो ‘बाई वान, गिफ्ट वान’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ १० बुधबार १०:४६:००

भायानेट कम्युनिकेसनले ‘बाई वान, गिफ्ट वान’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई तीनमहिने १२५ एमबिपिएस निःशुुल्क उपहार दिन सक्ने कम्पनीले जनाएको छ । साथै, उपहार नदिई थप एक महिनाको आफ्नै इन्टरनेट निःशुल्क प्राप्त गर्ने सुविधा पनि रहेको बताइएको छ । 

यस योजनामा योग्न बन्न भायानेटका ग्राहकले ३, ६ या १२ महिनाको सदस्यता अवधिसँगै १२५ एमबिपिएस वा सोभन्दा माथिको उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा नयाँ जडान गर्नुपर्नेछ ।

एकपटक योग्य बनेपछि ग्राहकले एसएमएसमार्फत कोड पाउने र त्यही कोड आफ्ना आफन्तलाई दिन सक्नेछन् । यसरी कोड पाउने व्यक्तिले कम्पनीलाई सम्पर्क गरी २७ सय रुपैयाँबराबरको तीनमहिने १२५ एमबिपिएसबराबरको इन्टरनेट प्याकेज दाबी गर्न सक्ने कम्पनीले जनाएको छ ।