मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३१ सोमबार ०६:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भायानेट २४औँ वर्षमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३१ सोमबार ०६:२८:००

इन्टरनेट र टिभी सेवाप्रदायक भायानेट कम्युनिकेसन्सले सञ्चालनको २३ वर्ष पूरा गरेको छ । सन् १९९९ मा कम्पनी डिजिटल सेवाहरूमार्फत सेवा दिने उद्देश्यका साथ स्थापित भएको थियो ।

यस अवधिमा कम्पनीले भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आइपिटिभी सेवाहरूमा इन्नोभेटिभ कम्पनीका रूपमा स्थापित भएको जनाइएको छ । भायानेटले सन् २०११ मा नेपालमै पहिलोपटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गरेको दाबी गरेको छ । 

कम्पनीले सेवाको निरन्तर अपग्रेड गर्नुका साथै थप ग्राहकमाझ आफ्नो गुणस्तरीय सेवा विस्तार गरिरहेको जनाएको छ । आफ्नो अल्ट्रा–फाई इन्टरनेट लाइनअपहरूमार्फत बजारमा उपलब्ध इन्टरनेटको सबैभन्दा राम्रो विकल्पका रूपमा लाखौँ ग्राहकलाई सेवा दिँदै आइरहेको कम्पनीको भनाइ छ । 

भायानेटको अर्को उत्पादन भायाटिभीले सस्तो दरमा एक सय ७५ भन्दा बढी टिभी च्यानलहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।