१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पोखरा स्पोर्टस् अवार्ड : चार विधामा मनोनयन सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:o२:oo

आठौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८०’ अन्तर्गत चार विधामा परेका मनोनयन सूची सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा २८ वैशाखमा हुने कार्यक्रममा वितरण गरिने सातमध्ये चार विधामा मनोनीत तीन–तीन खेलाडीको नाम सोमबार सार्वजनिक गरिएको हो।

सात विधामा प्रदान गरिने अवार्डमध्ये लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लब, वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड रहेका छन्।

वितरण गरिने सात अवार्डमध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकको लागि तीन–तीनजनाको नाम सार्वजनिक गरिएको हो।

मनोनीतमध्येबाट उत्कृष्ट एकजनालाई छनोट गरी २८ गते अवार्ड वितरण गरिने आयोजक मञ्चका अध्यक्ष दीननाथ बरालले पत्रकार सम्मेलनमा जानकारी दिए। अन्य तीन विधामा अवार्ड पाउनेहरूको नाम छिट्टै घोषणा गरिने आयोजकले जनाएको छ।

यी हुन् मनोनयनमा परेका खेलाडी :

खेलाडीहरूमध्ये वर्ष उदीयमान महिलातर्फ अरुणा शाही योसँगै चौथोपटक मनोनयनमा परेकी हुन्। शाहीले यसअघि दुईपटक अवार्ड हात पारिसकेकी छिन्।

पुरुषतर्फ प्रदीप खड्का तेस्रोपटक मनोनयनमा परेका हुन्। उनले यसअघि एकपटक अवार्ड जितेका छन्।

ad
ad