१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १८ सोमबार ११:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भायानेटकी सिइओ बोहरा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १८ सोमबार ११:०५:००

 भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरा ‘एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्ड २०२२’ ले सम्मानित भएकी छिन् । उनलाई नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानका लागि सम्मान गरिएको हो । 

उनी देशको प्रविधि क्षेत्रमा नेतृत्व गर्ने पहिलो महिलामध्ये एक भएको कम्पनीले जनाएको छ । सन् २०१२ मा भायानेटको वित्त तथा सञ्चालन निर्देशकका रूपमा काम सुरु गरेकी उनी सन् २०१८ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेकी थिइन् । उनको कार्यकालमा भायानेटले आफ्नो गुणस्तरीय इन्टरनेट र आइपिटिभी सेवाहरूको स्तरोन्नति गर्दै देशैभर द्रुत रूपमा विस्तार गरिरहेको कम्पनीले जनाएको छ ।

एचआरएम अवार्ड कर्पोरेट क्षेत्रमा भएका विविध विधाका उत्कृष्टतालाई पुरस्कृत गर्ने उद्देश्यले सन् २०२१ मा स्थापना भएको वार्षिक पुरस्कार हो ।