१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० श्रावण १ सोमबार ११:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

व्यावसायिक महिलाका रूपमा भायानेटकी सिइओ बोहरा सम्मानित

Read Time : < 1 मिनेट
२०८० श्रावण १ सोमबार ११:५९:००

 इन्टरनेट सेवाप्रदायक भायनेटकी सिइओ सेवा पाठक बोहरा वर्षकै व्यावसायिक महिलाका रूपमा सम्मानित भएकी छिन् । ‘स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्ड २०२३’ मा आयोजित एक समारोहमा बोहरालाई वर्षको व्यावसायिक महिला २०२३ बाट सम्मानित गरिएको हो । 

यो पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आइएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तीकरणका लागि अटल प्रतिबद्धता झल्काएको कम्पनीले जनाएको छ । सिइओ बोहराको चार्टर्ड एकाउन्टेन्टदेखि आइएसपी कम्पनीको नेतृत्वसम्मको यात्रामा उनको समर्पण र असाधारण नेतृत्व क्षमताको प्रमाण भएको कम्पनीको दाबी छ । 

सन् २०११ मा नेपालमा पहिलोपटक फाइबर टु द होम (एफटिटिएच) प्रविधि पहिलोपटक नेपालमा सञ्चालनमा ल्याउने टोलीको अभिन्न अंगका रूपमा उनले नेपाली घर–घरमा इन्टरनेट जडानको अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको कम्पनीले जिकिर गरेको छ । 

सिइओ बोहराको मार्गदर्शनमा भायानेट कम्युनिकेसन लिमिटेडले ९० सहरहरूमा आफ्नो नेटवर्क विस्तार गर्नुका साथै ५१ शाखा स्थापना तथा एक हजार पाँच सयभन्दा बढीलाई रोजगारी दिएको कम्पनीले जनाएको छ ।