१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सरकारको आम्दानीभन्दा खर्च ४८ अर्ब ४६ करोडले बढी 

बजेट अर्धवार्षिक समीक्षा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:२७:oo

आर्थिक वर्ष ०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ।

पुस मसान्तसम्ममा मुलुकले रु. ४८ अर्ब ४६ करोड ५७ लाखबराबर बजेट घाटा व्यहोरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत आम्दानी र ३२.३५ प्रतिशत खर्च भएको छ। 

चालू आवका लागि सरकारले कुल रु. १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाखबराबर राजस्व उठाउने लक्ष्य लिएको छ। कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्ममा रु. पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाखबराबर राजस्व असुली भएको छ। 

यो वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत बराबर हो। ६ महिनामा कर राजस्वतर्फ ३३.९८ प्रतिशत अर्थात् रु. चार खर्ब ४३ अर्ब ५५ करोड २० लाख उठेको छ। गैरकरतर्फ वार्षिक लक्ष्यको ४५.२३ प्रतिशत अर्थात् रु. ५२ अर्ब ९४ करोड ७८ लाखबराबर असुली भएको छ।

चालू आवका लागि कुल रु. ४९ अर्ब ९४ करोड ३० लाखबराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म ५.५२ प्रतिशत अर्थात् रु. दुई अर्ब ७५ करोड ८० लाखबराबर वैदेशिक अनुदान लिइएको छ । चालू आवका लागि कुल रु. १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखबराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा रु. पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ।

यो वार्षिक लक्ष्यको ३२.३५ प्रतिशत बराबर हो। चालूगत शीर्षकमा कुल रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाखबराबर बजेट छुट्याइएकामा ३८.३१ प्रतिशत अर्थात् रु. चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाख खर्च भएको छ। चालू शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८.३१ प्रतिशत हो।

त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा रु. तीन खर्ब दुई अर्ब सात करोड ४४ लाखबराबर छुट्याइएकामा १६.३ प्रतिशत अर्थात् रु. ४९ अर्ब २३ करोड ५८ लाखबराबर खर्च भएको छ। 

वित्तीय व्यवस्थामा रु. तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाखबराबर बजेट विनियोजन भएकामा २६.२ प्रतिशत अर्थात् रु. ८० अर्ब ४३ लाखबराबर खर्च भएको छ।
 

ad
ad