१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख २० बिहीबार १५:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल पुलिस क्लबलाई ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि

डिफेन्डिङ च्याम्पियन नेपाल एफिएफ क्लब फाइनलमा ३ - १ सेटले पराजित

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४८:oo

नेपाल पुलिस क्लबले ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन एपिएफ क्लबलाई हराउँदै पुलिस क्लब च्याम्पियन बनेको हो । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा आज भएको उपाधि भिडन्तमा पुलिसले ३–१ को सेटमा एपिएफलाई पराजित गर्‍याे । पहिलो सेट गुमाएको पुलिसले त्यसपछि भने लगातार तीन सेट नै आफ्नो कब्जामा पार्‍याे । 

जारी प्रतियोगिताको समूह चरणको खेलमा पुलिसलाई पराजित गरेको एपिएफ भने प्रतियोगितामा पहिलोपटक पराजित भयो र उपाधि सुम्पन्न बाध्य भयो । 

पहिलो सेटमा एपिएफले पुलिसलाई २५–२२ ले हराएको थियो । दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै पुलिसले एपिएफलाई २५–१९ ले तथा तेस्रो सेट २५–१८ ले पराजित गर्‍याे । चौथो सेट पुलिसले २५–२३ ले जित्यो । 

आजै तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्‍याे । गत २० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोली सहभागी थिए । 

 

 

ad
ad