१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार १o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आज बिहानैदेखि पोखरा उडान सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:२८:oo

प्रतिकूल भिजिबिलिटीका कारण सात दिनदेखि उडान प्रभावित

दैनिक हजारौँ यात्रुको आउजाउ हुने पर्यटकीय गन्तव्य पोखराको उडान आजदेखि सञ्चलन भएको छ । विगत एक सातादेखि कम भिजिबिलिटीका कारण उडानहरू निकै प्रभावित भएको थियो ।

२५ अप्रिलदेखि सुरु भएको अवरुद्ध उडान एक सातापछि आज बिहानदेखि सञ्चालन भएको छ । बुद्ध एयरको काठमाडौंदेखि पोखराको उडान दैनिक १७ रहेको छ । साथै पोखराबाट नेपालगन्ज, भैरहवा तथा भरतपुरको पनि सीधा उडान रहेको छ ।

२५ अप्रिलका दिन दिउँसो ४ बजे अनुकूल भिजिबिलिटी भएपछि बुद्धले सात उडान भरेको थियो । अप्रिल २६ र २७ का दिन एउटा पनि उडान भएनन् । २८ अप्रिलका दिन दिउँसो साढे १ बजेदेखि मौसममा सुधार भएपछि ६ उडान भएको थियो । त्यसैगरी २९ र ३० अप्रिलका दिन पनि एउटै उडान भएनन् । मे १ का दिन दिउँसो १ बजेदेखि मौसममा सुधार भएपछि पाँच उडान भएको थियो ।

उडान नहुँदा नेपालीका साथै विदेशी यात्रुहरूलाई निकै सकस परेको थियो । आजदेखि उडान सञ्चालन हुँदा पोखराको चहलपहल पुनः बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशी बताउँछन् ।

ad
ad