१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १o:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनाङ प्रहरीद्वारा लेक लागेर बिरामी भएका दुईजनाको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:३१:oo

मनाङ प्रहरीले मनाङमा लेक लागेर बिरामी भएका दुईजनालाई उद्धार गरेको छ । लमजुङको दुधपोखरी गाउँपालिका– १, गैरीगाउँ घर भएका अन्दाजी १९ वर्षका कोप्रसाद गुरुङ र झापाको बिर्तामोड नगरपालिका– ५ घर भएका अन्दाजी ३३ वर्षीय इन्जिनियर पदम अधिकारीलाई उद्धार गरिएको हो ।

इन्जिनियर अधिकारीलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । दुवैजनालाई सवारीसाधन नपुग्ने ठाउँ सदरमुकाम चामेबाट हिँडेर एक दिनको टाढा बाटोबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

हाल वैकल्पिक ऊर्जा कोष काठमाडौं बानेश्वरमा काम गर्दै आएका इन्जिनियर अधिकारी मनाङको नार्पाभूमि गाउँपालिका– १ नारमा विद्युत् आयोजनाको परीक्षणका लागि आएकोमा उक्त ठाउँ नपुग्दै मेता गुम्बामा लेक लागेर बिरामी परेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

मनाङका प्रहरी प्रमुख डिएसपी नरेशकुमार सिंहका अनुसार जिल्ला प्रशासन कार्यालय मनाङमा मालीको काम गर्दै आएका गुरुङ चामे गाउँपालिका– ५, सोतीखोला लेकमा यार्सागुम्बा टिप्न गएकोमा लेक लागेकाे थियाे । उनलाई उद्धार गरी सोमबार मध्यरात सदरमुकाम चामे ल्याएर चामेस्थित जिल्ला अस्पतालमा उपचार गराएको र थप उपचारका लागि बेँसीसहरतर्फ पठाइएको छ ।
 

ad
ad