१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष २० शुक्रबार १३:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री कार्यालयको पुनर्संरचना, ६८ दरबन्दी कटौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष २० शुक्रबार १३:०४:००

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनर्संरचना गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनको एक वर्ष पुगेका अवसरमा यही १० पुसमा राष्ट्रका नाममा गरेको सम्बोधनमा नयाँ कार्यशैली, नयाँ संरचनासहित मितव्ययी रूपमा काम गर्ने घोषणा गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनर्गठन गरिएको हो।

मन्त्रिपरिषद्ले हालै पारित गरेको सो परिमार्जित संरचनाअनुसार हाल प्रधानमन्त्रीको कार्यालय र सचिवालयमा रहेका दरबन्दीमध्ये तीनजना सचिव र सात सहसचिवसमेत गरी ६८ जनाको दरबन्दी कटौती गरी संगठन व्यवस्थापन गरिएको छ।

त्यसैगरी, प्रधानमन्त्री कार्यालयका कतिपय शाखा–महाशाखालाई गाभिएको छ भने सूचना प्रविधिसम्बन्धी एक अलग्गै महाशाखा स्थापना गरिएको छ। मुलुकमा विकसित सूचना प्रविधिमा थप सहयोग पुर्‍याउन सूचना प्रविधिको अलग्गै महाशाखा गठन गरिएको हो।

प्रधानमन्त्री कार्यालयलाई चुस्त, दुरुस्त र कामकाजी बनाउने प्रधानमन्त्री दाहालको योजनाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उनको सचिवालयको पुनर्संरचना गरेर दरबन्दी कटौती गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

यसैबीच, सल्लाहकार आचार्यले प्रधानमन्त्री दाहालको स्वकीय सचिवका रूपमा काम गरिरहेकी प्रधामन्त्रीपुत्री गंगा दाहाललाई त्यहाँबाट हटाउनु भनेको प्रधानमन्त्रीलाई नै असहयोग गरी उनलाई असफल बनाउन खोज्नु रहेको प्रतिक्रिया दिए।