१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १५:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्ने तीन युवा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:२o:oo

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि अर्धनग्न भई प्रदर्शन गर्ने तीन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो तीन युवाले सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।

आफूले लगाएको माथिल्लो भागको कपडा खोल्दै उनीहरूले आफ्नो शरीरमा टाँसेको स्टप मर्डर, नो एनसेल, नो एमसिसी, सेभ द नेसन लेखिएका पर्चा प्रदर्शन गरेका थिए । साथै, युवालाई गोली हान्न पाइँदैन, स्वदेशमै रोजगारीको ग्यारेन्टी गर, क्रान्तिकारी युवा संगठन नेपाल जिन्दावाद, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिन्दावाद भन्ने नारा लगाएका थिए । 

प्रहरीले पक्राउ गर्दै गर्दा सञ्चारकर्मीसँग उनीहरूमध्ये दुईले आफ्नो नाम पदम हमाल र दीपेन्द्रसिंह ऐरी भएको बताएका छन् । अर्का एकको नाम आकाश कार्की रहेको प्रहरीले बताएको छ । 

गृह मन्त्रालयबाट पास लिएर उनीहरूलाई हाल सिंहदरबारभित्रकै प्रहरी वृत्तमा राखी अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । 

ad
ad