१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

अमर आकाशकाे ‘टुंगना’ विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:३७:oo

कवि अमर आकाशको प्रथम कवितासंग्रह ‘टुंगना’ विमोचन गरिएको छ। भृकुटीमण्डपस्थित काठमाडौं सार्वजनिक पुस्तकालयमा एक अनौपचारिक कार्यक्रमबीच पुस्तक विमोचन गरिएको हो।

वरिष्ठ कवि शैलेन्द्र साकार सभाध्यक्ष भएकाे उक्त कार्यक्रममा ह्वाइट लोटस प्रकाशनकी प्रमुख सिर्जना भण्डारीका साथै चर्चित कविहरू हरि अधिकारी, युयुत्सु आरडी शर्मा र साहित्यिक पत्रकार तथा समालोचक राजकुमार बानियाँलगायतको उपस्थिति थियो।

कवि श्याम रिमालले सञ्चालन गरेका उक्त कार्यक्रमको सुरुवात कवि अमर आकाशले अत्यन्तै चर्चित आफ्ना दुई कविताहरू ‘झलकमान गन्धर्व’ र ‘मसिहा पप्पी’ वाचनका साथ गरेका थिए।

यसै क्रममा राजकुमार बानियाँले कवि अमर आकाशका कविताहरू एकदम नौलो स्वादको र मौलिक मात्रै नभएर अत्यन्तै जीवन्त बिम्बहरूले युक्त तथा काठमाडौंको जनजीवन र सांस्कृतिक चिनारीको धरोहरले भिजेका बताए।

यसैगरी, हिमाली कवि युयुत्सु शर्माले अमरलाई रिमालको असली उत्तराधिकारी भन्दै नेपाली वाङमयमा एउटा नौलो प्रतिभाको उदय भएको बताए। अर्का प्रसिद्ध कवि हरि अधिकारीले अमरका कविताहरूबाट आफू सन्तुष्ट भएको र आउने वर्षहरूमा कविबाट शक्तिशाली रचनाहरू आउने प्रबल सम्भावना देखेको सुनाए।

प्रकाशक ह्वाइट लोटसकी प्रमुख सिर्जना भण्डारीका अनुसार अमर आकाशको कृति टुंगना काठमाडौंका पुस्तक पसलहरूमा उपलब्ध छ। त्यसका साथै अमेजन, दराज, फ्लिपकार्टजस्ता अनलाइन प्लेटफर्महरूमा पनि उपलब्ध छ। 
 

ad
ad