ललितपुरका डिएसपी र मन्त्रीका पिएसओ निलम्बित, सिडिओ र एसएसपी हटाइए

शनिबार, १४ पुष, २०८०
डिजिटल संस्करण

प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत निलम्बनमा परेका छन्।

गृह मन्त्रालयले ललितपुरका डिएसपी उमेश लम्साल र मन्त्रीका पिएसओ प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गरेको हो।

छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन भन्दै मन्त्रालयले इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई समेत निलम्बन गरेको छ।

साथै, ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ।

सुझावित समाचार