१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २४ सोमबार १३:११:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आर्मीलाई ३१ रनले हराउँदै पर्सा ११ फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:११:oo

प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा पर्सा ११ ले त्रिभुवन आर्मीलाई ३१ रनले पराजित गरेको छ।

नारायणी रंगशालामा भएको खेलमा आर्मी १६.२ ओभरमा १० विकेटको क्षतिमा ६८ रनमा अलआउट भएपछि पर्सा ११ ले ३१ रनले जितेको हो। जितसँगै पर्सा ११ ले फाइनलमा स्थान सुरक्षित गरेको छ ।

आर्मीका खेलाडी कुशल मल्लले २१ बलमा १९ रन बनाउँदा बसिर अहमदले १५ बलमा १० र विनोद भण्डारीले १२ बलमा नाै रन जोडे।

पर्सा ११ का बलर सन्दीप लामिछानेले ३.२ ओभरमा १३ रन दिएर तीन विकेट लिए। अनिल साहले चार ओभरमा २६ रन दिएर दुई विकेट लिँदा पवन साहले चार ओभरमा १५ रन दिएर दुई विकेट तथा समसाद अहमदले दुई ओभरमा आठ रन दिएर दुई विकेट लिए।

यसअघि पर्सा ११ ले त्रिभुवन आर्मीलाई एक सय रनको लक्ष्य दिएको थियो। पहिले ब्याटिङ गरेको पर्सा ११ ले १९.४ ओभरमा अलआउट हुँदै ९९ रन बनाएको थियो।

पर्सा ११ का लागि समसाद मन्सुरीले २२ बलमा १७ रन बनाएका थिए। यस्तै अनिल साहले नाै बलमा १५ रन र रूपेश सिंहले नाै बलमा १५ रन जोडे।

आर्मीका बलर सोमपाल कामीले ३.४ ओभरमा २० रन खर्चिएर चार विकेट लिए भने कुशल मल्लले चार ओभरमा २१ दिएर तीन विकेट लिए। यस्तै, साहब आलमले चार ओभरमा १० रन दिएर दुई विकेट हात पारे।

ad
ad