१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ ६ आइतबार o७:५५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालमा पहिलोपटक टेबलटेनिसको ओलम्पिक छनोट खेल हुँदै

दक्षिण एसियामा बलियो भारतले सीधै पेरिस ओलम्पिकमा स्थान बनाएपछि नेपालसहित पाँच देशलाई अवसर

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:५५:oo

विश्व टेनिस वरीयतामा भारत शीर्ष आठ स्थान रक्षा गर्दै पेरिस ओलम्पिक खेलकुद प्रतियोगितामा सीधै स्थान बनाइसकेको छ । दक्षिण एसियाबाट अब नेपालसहित माल्दिभ्स, पाकिस्तान र श्रीलंकाली खेलाडीले छनोट चरण पार गर्दै पेरिस ओलम्पिक खेल्ने अवसर पाएका छन् ।

 छनोटमा खेलमा भारतीय खेलाडी नहुँदा अब आयोजक नेपाललाई तुलनात्मक रूपमा फाइदा पुगेको छ । छनोटमा सहभागी राष्ट्रका समान पुरुष र महिला एक खेलाडीले पेरिस ओलम्पिक छनोट हुने प्रावधान रहेको छ । भुटानले छनोट खेलबाट नाम फिर्ता लिइसकेको छ । 

दक्षिण एसियाली ओलम्पिक छनोट आयोजना गर्ने जिम्मेवारी नेपाल टेबल टेनिस संघले पाएको छ । संघले लैनचौरको टेबल टेनिस हलमा ३१ वैशाखदेखि १२ जेठसम्म छनोट खेल आयोजना गर्नेछ । छनोटमा पाँचै देशबाट समान चार (दुई महिला तथा दुई पुरुष) का दरले २० खेलाडीले सहभागिता जनाउनेछन् । नेपालबाट पुरुषतर्फ संयोग कपाली र स्यान्टु श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ नविता श्रेष्ठ र इभाना थापाले प्रतिनिधित्व गर्ने संघले जनाएको छ । टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले भारतको अनुपस्थितिले नेपाललाई फाइदा पुग्ने बताए । ‘भारत छनोट खेलमा नहुनु हाम्रा लागि राम्रो अवसर हो । सहभागीमध्ये हाम्रा खेलाडी स्तरीय छन्,’ कपालीले भने, ‘श्रीलंका तुलनात्मक रूपमा बलियो टोली छ, तर हाम्रा खेलाडीको तयारी हेर्दा पेरिस ओलम्पिकमा खेलाडी छनोट हुनेछन् ।’ 

संघले पहिलोपटक ओलम्पिक छनोट आयोजना गर्न लागेको हो । छनोटको तयारी तीव्र रूपमा भइरहेको अध्यक्ष चतुरानन्द राजवैद्यले बताए । नेपाली खेलकुद इतिहासमा तेक्वान्दोकी संगिना वैद्य र दीपक विष्टले मात्रै सीधै छनोट भएर ओलम्पिक खेलेका थिए । गत चैतमा पारा अ‍ोलम्पिक छनोटबाट पलेशा गोवर्धनले पनि पेरिस ओलम्पिकमा स्थान पक्का गरेकी थिइन् । सहभागी पाँच देशबाट महिला तथा पुरुष गरी समान एक खेलाडीले यो अवसर पाउनेछन् । ‘विश्व वरीयताको शीर्ष आठमा रहेको भारत नहुनु भनेको नेपालको पक्ष बलियो हो । हामी भारतपछि बलियो रहेका छौं,’ प्रतियोगिता संयोजकसमेत रहेका पूर्व खेलाडी तेजेन्द्र सिंहले भने ।  संघले आन्तरिक प्रतिस्पर्धाबाट चार खेलाडीलाई छनोटमा प्रतिस्पर्धा गराउन छनोट गरेको हो । ‘हामीले आन्तरिक प्रतिस्पर्धाबाट चार खेलाडी छनोट गरौँ । सबै खेलाडी उत्तिकै दाबेदार हुन्,’ प्रशिक्षक कपालीले भने, ‘ओलम्पिक स्कलर्सिपमा रहेर खेलाडीले अभ्यास गरिरहेका छन् । त्यसैले पनि संयोगकको सम्भावना उच्च छ । अन्य तीन खेलाडी पनि उत्तिकै बलिया छन् ।’

आन्तरिक विवादले निर्वाचन भएन
टेबल टेनिस संघमा आन्तरिक विवाद छ । विवादकै कारण छनोट प्रतियोगिता गर्ने वा नगर्ने निर्णय लिन समय लाग्यो । संघभित्र अध्यक्ष चतुरानन्द राजवैद्य र सुदिल शाहीबीच विवाद छ । राष्ट्रिय खेलकुद परिषद्ले २८ चैत ०८० मा चुनाव गर्न निर्देशन दिएको थियो । राखेपले दिएको समयमा संघको निर्वाचन भएन । संघको निर्वाचन नभएको एक दशक भइसकेको छ । अन्तिमपटक निर्वाचन २०७३ सालमा भएको थियो । 

०८० मा राजवैद्य तदर्थ समितिको अध्यक्ष रहेको बैठकले जिल्ला, प्रदेश र केन्द्रको चुनाव गर्ने भनिएको छ । विभिन्न विवादले २६ जिल्ला संघमा निर्वाचन हुन सकेको छैन । मुख्य प्रशिक्षक कपालीकै अग्रसरमा छनोट प्रतियोगिताको आयोजना गर्ने निष्कर्षमा पुगेको हो । ‘पेरिस ओलम्पिकमा छनोट हुने अवसर छ । खेलाडी र देशलाई चिनाउने अवसर पनि हो । संघभित्रको विवाद रहे पनि छनोट प्रतियोगितामा राखेपले सहयोग गर्नुपर्छ,’ राजवैद्यले भने । 

नेपालका खेलाडी छनोट हुने विश्वास छ
राजेन्द्र कपाली, प्रशिक्षक, टेबलटेनिस

हाम्रा चारै खेलाडी दाबेदार हुन् । ओलम्पिको छात्रवृत्तिमा रहेका संयोगलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ । स्यान्टुको तयारी पनि राम्रो छ । महिला खेलाडीको प्रदर्शन उच्च छ । भारत प्रतियोगितामा सहभागी नहुँदा हामीलाई फाइदा पुगेको छ । अन्य टोलीभन्दा श्रीलंकासँग कडा प्रतिस्पर्धा हुनेछ । हामी ओलम्पिकमा छनोट हुनेमा विश्वस्त छौँ । 

भारत नहुनु फाइदा छ
 

तेजेन्द्र सिंह, प्रतियोगिता प्राविधिक निर्देशक 
भारत शीर्ष आठ वरीयतामा हुँदा नेपाललाई फाइदा पुगेको छ । दक्षिण एसियाली ओलम्पिक छनोटमा भारत नहुँदा यसको फाइदा नेपालले लिनुपर्छ । अहिले नेपालका खेलाडीको प्रदर्शन उच्च छ । आन्तरिक छनोट प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै चारजना खेलाडीले पेरिस ओलम्पिक छनोट खेल्ने भएका हुन् । हाम्रा खेलाडी छनोट हुनेमा विश्वस्त छौँ ।

ad
ad