१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार o८:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रियलले जित्यो ३६औं पटक स्पेनिस ला लिगा

सर्वाधिक ८७ अंक जोडेको रियल म्याड्रिड चार खेल बाँकी रहँदै च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o८:o४:oo

रियल म्याड्रिडले शनिबार राति ३६औँ पटक स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रियलले चार खेलअघि उपाधि जित्ने क्रममा रेलिगेसनको सँघारमा रहेको काडिजलाई ३–० ले हराएको थियो । बार्सिलोना गिरोनासँग ४–२ ले पराजित हुँदा रियल च्याम्पियन बनेको हो ।

प्रशिक्षक कार्लोस एसेलोटीको प्रशिक्षणमा रहेको रियल सिरिजमा एक खेलमा मात्र पराजित भएको थियो । गत सेप्टेम्बरमा एट्लेटिको म्याड्रिडसँग तीन अंक गुमाए यता रियल लगातार २८ खेलमा विजयी रह्यो । समग्रमा रियलले ३६औँपटक ला लिगा उपाधि हात पारेको हो । छिमेकी प्रतिद्वन्द्वी बार्सिलोनाले २७ पटक ट्रफी जितेको छ । शीर्ष स्थानमा रहेको रियलले ३४ खेलमा सर्वाधिक ८७ अंक जोडेको छ । बार्सिलोना ७३ अंकका साथ तेस्रो स्थानमा छ । गिरोनाले ३४ खेलबाट ७४ अंक जोडेको छ । एटलेटिको म्याड्रिड ६७ अंकका साथ चौथो स्थानमा रहेको छ । 

इंग्लिस मिडफिल्डरको प्रभाव
प्रशिक्षक एन्सेलोटीले इंग्लिस मिडफिल्डर जुडे वेलिंघमलाई पहिलो सेटमै प्रतिस्पर्धा गराएका थिए । यसै सिरिज रियलमा आबद्ध भएका वेलिंघमले महत्वपूर्ण खेलमा गोल गर्न सफल भए । उनले बार्सिलोनाविरुद्धको दुवै एल क्लासिकोमा गोल गरे । एल क्लासिकोको पहिलो खेलमा उनले इन्जुरी समयमा गोल गर्दै रियललाई सनसनी जित दिलाउन सफल भए । उनले चालू लिगमा १८ गोल गरेका छन् । वेलिंघमको विशेषता नै विपक्षीका डिफेन्डरलाई सहजै पछ्याउने र प्राप्त मौकामा गोल गर्ने हो । यति मात्र नभएर उनी गोलका लागि साथीहरूलाई सटिक पास दिने गर्छन् । 

डेब्युदेखि काडिजसँगको खेलसम्म प्रभावशाली प्रदर्शन गरेका वेलिंघम टोलीकै प्रमुख खेलाडीका रूपमा मार्काले जनाएको छ । ‘छिटो निर्णय गर्न सक्ने र फरक शैलीका खेलाडी वेलिंघम,’ मार्काले आइतबारको संस्करणमा लेखेको छ । २० वर्षीय मिडफिल्डर वेलिंघमले रियलका स्टार खेलाडीहरूले भरिएको ड्रेसिङ रुममा धेरै ज्ञान लिएको मार्काको भनाइ छ । युवा खेलाडी भए पनि उनलाई सिनियर खेलाडीले हौसला दिएको कारण नै रियलले पहिलो सिजनमै वेलिंघमबाट आशा गरेभन्दा बढी सफलता प्राप्त गरेको मार्काले जनायो । यस सिजनमा उनी बालोन डियरका दाबेदारी खेलाडी थिए ।

फिनिसिङ र मिडफिल्डर बलियो
सन् २०२२ पछि रियलले उपाधि जित्नुको पछाडि धेरै कारण छन् । गोलरक्षकदेखि फिनिसिङ पक्षसम्म रियलको बलियो रह्यो । अझ ब्राजिलियन युवा स्ट्राइकर भिनिसिस जुनियर र रोड्रोगोले फिसिनिङ पक्षमा दरिलो उपस्थिति देखाए । गत सिजन करिमा बेन्जीमा साउदी प्रो लिगमा आबद्ध भएपछि रियलमा फिसिनिङको खडेरी परेको थियो । तर, प्रशिक्षक एन्सेलोटीले युवा खेलाडीको टोली बनाए ।

बेन्जिमाको रिक्ततालाई वेलिंघमले पूरा गरे । ब्राहिम डिआजले ६ गोल गर्नुका साथै चारपटक असिस्ट गरे । स्टोक सिटी र न्युकास्टलले लक्षित गरेका खेलाडी जोसेलुले पनि १३ खेलमा नौ गोल गर्न सफल भए । लुका मोड्रिक र टोनी क्रु्जले करिअरकै उत्कृष्ट प्रदर्शन गर्न सफल भए । सियिनर खेलाडीद्वयले रियलको सफलतामा योगदान दिएका छन् । क्रुजले फाइनल थर्डमा निर्वाह गरेको भूमिका सराहनीय भएको मार्काले जनाएको छ । 

ad
ad