१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष ९ सोमबार ११:२१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साधारण सेयर निष्कासनका लागि ह्याम्सले दियो आवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष ९ सोमबार ११:२१:००

हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणलाई साधारण सेयर जारी गर्ने भएको छ । अस्पतालले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोक्दै साधारण सेयर जारी गर्ने तयारी सुरु गरेको हो । 

अस्पतालले कुल ११ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न शुक्रबार आवेदनसमेत दिइसकेको जनाएको छ । अस्पतालले आफ्नो जारी पुँजीको १५ प्रतिशतले हुन आउने ११ करोड २५ लाख रुपैयाँबराबरको एक सय रुपैयाँ अंकित दरमा प्रिमियमबापत एक सय ८८ रुपैयाँ थप गरी जम्मा प्रतिसेयर मूल्य दुई सय ८८ रुपैयाँ राखेर जारी गर्ने आवेदनमा उल्लेख छ । यससँगै ह्याम्स अस्पताल नेपालको पुँजी बजारमा पहिलो स्वास्थ्य क्षेत्रको पब्लिक कम्पनी बन्ने जनाइएको छ ।

०५४ साल मंसिरमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई एक सय शड्ढयाको जनरल स्वास्थ्य संस्था–अस्पताल सञ्चालन गर्दै आइरहेको उल्लेख छ ।