१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०८० फाल्गुण २६ शनिबार ०९:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पाँच दिन बाँकी रहँदा धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन नै परेन

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २६ शनिबार ०९:००:००

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिन पाँच दिन मात्र बाँकी रहँदा हालसम्म कुनै पनि आवेदन परेको छैन । आवेदन दिने समय आगामी ३० फागुनसम्म रहेको छ । ‘अहिलेसम्म कसैको आवेदन परेको छैन, सायद अन्तिम दिन नै इच्छुकले आवेदन दिन्छन् होला,’ अध्यक्ष सिफारिस समितिका एक अधिकारीले भने ।

सरकारले ४ माघमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरि पुष्कर र शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सदस्य रहेको समिति गठन गरेको छ । सो समितिले ‘अध्यक्ष नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि, २०८०’ तयार गरेर आवेदन आह्वान गरेको थियो ।

अध्यक्ष उम्मेदवारका लागि विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ । मापदण्ड पुगेका बोर्डमा कार्यरत तीनजना कार्यकारी निर्देशकले समेत अध्यक्षमा उम्मेदवारी दिने आकांक्षा राखेका छन् ।

स्रोतका अनुसार बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र कृष्णराज पोखरेल आवेदन दिने अन्तिम तयारीमा छन् । अधिकारी र श्रेष्ठ आवेदन दिनकै लागि बिदामा बसेका छन् भने पोखरेल सत्ता समीकरणमा आएको परिवर्तनसँगै आवेदन नदिने मुडमा रहेको स्रोतको भनाइ छ ।