१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ९ आइतबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ९ आइतबार १८:२३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

तेस्रो निटफेस्टका लागि आवेदन खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ९ आइतबार १८:२३:oo

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) २०२५ को लागि आवेदन खुला गरिएको छ। महोत्सवको तेस्रो संस्करणको लागि आयोजक मण्डला थिएटरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटकको आह्वान गर्दै आवेदन खुला गरेको हो।

इच्छुकले महोत्सवको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। नाटकबाहेक कार्यक्रमको लागि पनि निटफेस्टले आवेदन मागेको छ। मे ३१ सम्म आवेदन दिन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

निटफेस्टले यसपटक बाल–नाटकको छुट्टै मञ्चन सेक्सन राख्ने गरी बाल–नाटकहरू पनि आह्वान गरेको छ। जसमा व्यावसायिक रंगकर्मीहरूले विभिन्न उमेर समूहका बालबालिका लक्षित गरी निर्माण–सिर्जना गरेका नाटकहरू समावेश हुनेछन्। 

त्यस्तै, महोत्सव अवधिभर कार्यशाला, सेमिनार, प्यानल डिसकसन, सांगीतिक, नृत्य, सांस्कृतिक प्रस्तुतिहरू, विविध कला, साहित्य तथा रंगमञ्च सम्बन्धित प्रदर्शनीहरू हुनेछन्। 

‘सामाजिक रूपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो’ भन्ने नारासहित निटफेस्ट मण्डला थिएटरमा २०८१ चैत ३ देखि १४ गतेसम्म हुनेछ।