नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न २० जनाले आवेदन दिएका छन् । बोर्डको सिइओ छनोट उपसमितिले सार्वजनिक आवेदन माग गरेकोमा अन्तिम दिन बिहीबारसम्म एकजना महिलासहित २० जनाको आवेदन परेको बताइएको छ । डा. धनञ्जय रेग्मीको कार्यकाल १६ माघमा सकिएपछि बोर्ड कार्यकारी प्रमुखविहीन छ ।
प्रमुख कार्यकारी बन्नका लागि बोर्डभित्रबाटै वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, लक्ष्मण गौतम, नवीन पोखरेल, श्रद्धा श्रेष्ठ र सन्तोषविक्रम थापाले आवेदन दिएका छन् । यस्तै, पूर्वसिइओहरू दीपकराज जोशी र डा. धनञ्जय रेग्मीले पनि फेरि सिइओ बन्न आवेदन दिएको बताइएको छ । जोशी अहिले नेपाल उद्योग परिसंघको महानिर्देशक छन् ।
सिइओ अन्य दाबेदारहरूमा विजय नेपाल, पदम वन, ठाकुर देवकोटा, राजाराम गिरी, राजाराम केसी, ज्ञानेन राई, ज्ञानेश्वर महतो, सूर्यबहादुर घिमिरे, ज्ञानेन्द्र अधिकारी, दीपक बास्ताकोटी, चाक्सु मल्ल, कमल दोधारी र रामचन्द्र सेढाईं रहेका छन् ।