१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o६:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : बालक र टाटाको संवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:o७:oo

एक टेलिभिजन साण्क्षात्कारमा भारतीय अर्बपति रतन टाटासँग पत्रकारले सोधिन्– तपाईंलाई जीवनमा सबैभन्दा बढी खुसी कहिले र के कुराले गराएको छ ?

एकछिन सोचेर टाटाले भने– म मेरो जीवनमा खुसीका चार चरणको कुरा गर्छु । पहिलो चरण– धन कमाउने र धन संग्रह गर्ने । यस चरणमा मलाई त्यो खुसी मिलेन, जुन म चाहन्थेँ । दोस्रो चरण : बहुमूल्य सामान अथवा वस्तुको संग्रह गर्ने । मलाई बिस्तारै महसुस भयो, यो पनि अस्थायी सुख हो । मूल्यवान् वा महँगा सामानको चमक लामो समय टिक्दैन ।

तेस्रो चरण– ठुल्ठूला प्रोजेक्ट प्राप्त गर्ने । ती परियोजनामा काम गर्ने, मनग्य आम्दानी गर्ने । त्यतिवेला भारत र अफ्रिकामा डिजेल आपूर्तिको ९५ प्रतिशत हिस्सा मेरो हातमा थियो । म भारत र एसियामै सबैभन्दा ठूलो इस्पात कारखानाको मालिक थिएँ । तैपनि, मलाई त्यो खुसी प्राप्त भएन, जुन कल्पना गर्थें ।

चौथो चरण– मेरा एकजना मित्रले केही फरक क्षमता भएका बच्चाको सहयोगका लागि ह्विलचेयर खरिद गर्न अनुरोध गरे । लगभग दुई सय बच्चाका लागि ह्विलचेयर खरिद गरियो । मेरा मित्र ह्विलचेयर हस्तान्तरण गर्न मै त्यहाँ उपस्थित हुनुपर्छ भन्ने चाहन्थेँ। म मित्रका साथ त्यहाँ गएँ र ह्विलचेयर प्रदान गरेँ । ह्विलचेयर पाएपछि ती बच्चाको अनुहारमा खुसीको अद्भूत चमक देखियो । 

ह्विलचेयरमा बसेर बच्चाहरू यताउता कुदेको दृश्यले बडो भावुक बनायो । मलाई त्यो दिन जीवनको वास्तविक खुसी मिलेको महसुस भयो । कार्यक्रम सकेर म त्यहाँबाट बाहिरिने वेलामा एकजना बच्चाले मेरो पाइन्टमा समाए र मसँग केही बोल्न खोजे । मैले तिनलाई सोधेँ– तिमीलाई थप केही चाहियो ? जवाफमा ती बच्चाले मलाई जे भने त्यसले जीवनप्रतिको मेरो दृष्टिकोण नै बदलिदियो । 

ती बच्चाले भने– सर, म तपाईंको अनुहार याद राख्न चाहन्छु । जब कुनै दिन तपाईंसँग स्वर्गमा मेरो भेट हुनेछ, त्यतिवेला पनि तपाईंलाई चिनेर मैले पुनः धन्यवाद दिन सकूँ ।

ad
ad