Skip This
सातौँ संस्करणको नेपाल–अमेरिका चलचित्र महोत्सवलाई आवेदन खुला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १८ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ १८ बिहीबार १८:o२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सातौँ संस्करणको नेपाल–अमेरिका चलचित्र महोत्सवलाई आवेदन खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ १८ बिहीबार १८:o२:oo

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण असार ६ देखि ९ सम्म (२० देखि २३ जुनसम्म) हुने भएको छ। 

अमेरिकाको मेरिल्यान्ड राज्य तथा वासिंटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने सातौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ।

चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसनका चलचित्रहरू प्रदर्शन गरिनेछन्। नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरूलाई महोत्सवमा उच्च प्राथमिकता दिइने आयोजकले जनाएको छ। 

अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ।

अमेरिकाको वासिंटन डिसी, मेरिल्यान्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डिएमभी क्लोजअप’अन्तर्गत चलचित्रहरू प्रदर्शन गरिनेछन्। स्थापनाकालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका चलचित्रहरू यो वर्ष पनि समावेश हुने जनाइएको छ।

‘छैटौँ संस्करण भौतिक रूपमै आयोजना भएको महोत्सवको भव्यताले आगामी वर्ष पनि आयोजना गर्न थप उत्साहित भएका छौँ। यसले सम्पूर्ण दर्शक तथा सहभागीमा मनोरञ्जन र ज्ञान आदानप्रदानको फरक अनुभूति गराउने विश्वास लिएका छौँ,’ महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले भने। कोरोना महामारीका कारण अघिल्ला दुई महोत्सव भने अनलाइनमार्फत गरिएका थिए।

अन्तर्राष्ट्रिय चलचित्रकर्मी सम्मिलित समितिले आवेदन परेकामध्येबाट महोत्सवमा चलचित्रहरू प्रदर्शनका लागि छनोट गर्नेछ। प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ।

महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालासमेत हुनेछन्। हरेक चलचित्र प्रदर्शनपछि त्यसका निर्देशक, निर्माता तथा कलाकारसँग अन्तर्क्रियासमेत हुने बताइएको छ।