१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o९:११:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बलात्कारका तीन आरोपी धरौटीमा रिहा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:११:oo

काठमाडौंमा भएका तीन फरक–फरक जबर्जस्ती करणी (बलात्कार) मुद्दाका अभियुक्तलाई अदालतले धरौटीमा छाडेको छ । जिल्ला अदालत काठमाडौंले आइतबार एकै दिन तीन आरोपीलाई धरौटीमा  छाड्ने आदेश दिएको हो ।न्यायाधीश डण्डपाणि शर्माले भाष्कर अधिकारी, न्यायाधीश गायत्रीप्रसाद रेग्मीले विजय तामाङ, न्यायाधीश उत्तम सिलवालले प्रकाशकुमार श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएका हुन् । जसमध्ये श्रेष्ठमाथि नाबालिकालाई बलात्कार गरेको अभियोग थियो ।

गत १२ मंसिरमा चाबहिल चोकनजिकै भेटिएकी १५ वर्षीया एक किशोरीलाई वसुन्धारास्थित घरमा पु¥याइदिने भन्दै आफ्नो गाडीमा राखेर भाटभटेनी अपार्टमेन्टमा लगेर बलात्कार गरेको अभियोगमा श्रेष्ठ पक्राउ परेका हुन् । सोही दिन अपार्टमेन्टबाट मालीगाउँ वृत्तले श्रेष्ठलाई पक्राउ गरी मुद्दा दायर गरेकोमा उनी धरौटीमा छुटेका हुन् । अभियुक्त श्रेष्ठ व्यवसायी हुन् । 

राति करिब १० बजे ती किशोरीले सुरुमा वसुन्धारा कहाँ पर्छ भनेर सोधेकी थिइन् । वसुन्धारा पुर्‍याइदिने भन्दै लिएर गएको, तर उनको आफन्त भेट नभएपछि आफ्नो अपार्टमेन्टमा लिएर गएको उनको दाबी छ । पछि किशोरीकी दिदीले गाली गरेपछि उनले अपार्टमेन्टबाट वसुन्धरा लगेर छाडेका थिए । सोही दिन उनीहरूले प्रहरीमा उजुरी गरेका थिए । आइतबार नै अदालतको आदेशमा धरौटीमा छुटेका भाष्कर अधिकारी पनि व्यवसायी हु्न् । गत २५ वैशाखमा साँखुको बज्रयोगिनी रिसोर्टमा लगेर बलात्कार गरेको अभियोग उनीमाथि थियो । पीडित व्यक्ति उनकै व्यावसायिक साझेदार हुन् ।

साँखुमा जग्गा हेर्न जाने भनेर लगी बलात्कार गरेको पीडितको उजुरी छ । आफ्नो फोटो–भिडियो सार्वजनिक गरिदिने धम्की दिएर लामो समयसम्म उजुरी गर्नसमेत नदिएको पीडितको जाहेरीमा उल्लेख छ ।  अर्का अभियुक्त विजय तामाङले २३ वर्षीया महिलामाथि पटक–पटक बलात्कार गरेको अभियोग थियो । पठाओ चालक रहेका उनलाई बानेश्वर वृत्तले पक्राउ गरी मुद्दा दायर गरेकोमा आइतबार नै धरौटीमा छुटेका छन् ।

गत २ पुसमा पनि जिल्ला अदालतले नाबालिका बलात्कारका आरोपी काठमाडौं बालुवाटारका हिमाल शाहीलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । १४ वर्षीया नाबालिकालाई बालुवाटारमा पटक–पटक बलात्कार गरेको अभियोग शाहीमाथि थियो । न्यायाधीश शिशिरराज ढकालको आदेशअनुसार शाही तीन लाख धरौटीमा छुटिसकेका छन् । जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अलालत पुगेको छ ।

 सन्दीपको मुद्दामा सुनुवाइ सुरु 
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि बहस सुरु भएको हो । बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा छ । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबारदेखि नियमित सुनुवाइ हुने जिल्ला अदालतले जनाएको छ । ५ भदौ ०७९ मा गौशालास्थित एक होटेलमा किशोरीलाई बलात्कार गरेको अभियोग सन्दीपमाथि छ ।

घटनाको १५ दिनपछि प्रहरीमा उजुरी परेको थियो । २० असोजमा विदेशबाट फर्कंदै गर्दा उनी पक्राउ परेकोमा जिल्ला अदालतले थुनामा पठाएको थियो । पछि उच्च अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालतमा पटक–पटक पेसी सरेपछि सुनुवाइ अघि बढेको छ । दुवै पक्षले अदालतमा बहस नोट बुझाइसकेका छन् । 

ad
ad