१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर २७ बुधबार १४:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसइतर समूहको भेला अनुपम फुडल्यान्डमा, महामन्त्री थापा सहभागी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर २७ बुधबार १४:३०:००

कांग्रेसइतर समूहको भेला अनुपम फुडल्यान्ड गौशालामा सुरु भएको छ। भेलामा कांग्रेस महामन्त्री गगन थापा पनि सहभागी छन्। 

कांग्रेसइतर समूहको नेतृत्व गरेका नेता शेखर कोइराला र महामन्त्री थापाबीचको लामो संवादहीनता तोडिएपछि आजको भेलामा असन्तुष्ट भनिएका नेता पनि सहभागी भएका हुन्। 

कोइरालाले सहमतिविना मंगलबारलाई समूहको भेला बोलाएपछि महामन्त्री थापा कार्यक्रममा अनुपस्थित हुने चर्चा चलेकाे थियो। 

सोमबार नेता अर्जुननरसिंह केसीलगायतका नेताको पहलमा दुई नेताबीचको संवादहीनता अन्त्य भएपछि थापा आजको कार्यक्रममा सहभागी भएका हुन्। दुई नेताबीचकाे सहमतिमा मंगलबारलाई बोलाइएको भेला आजका लागि सारिएको हाे।