१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से स्थिर रहँदा फाइनान्समा चार प्रतिशतको वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:२९:oo

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ज्यादै न्यून अंकले बढेको छ। सोमबार नेप्से ०.०७  अंकले मात्रै बढेको हो। आज सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स क्रमशः ०.३२ प्रतिशत र ०.५७ प्रतिशतले बढेका छन्।

कारोबारमा आएका तीन सय १७ कम्पनीका ७३ लाख ४१ हजार एक सय ७७ कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा  नेप्से घटे पनि आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। आइतबार दुई अर्ब ६६ करोड ६ लाख  रुपैयाँबराबरको सेयर किनबेच भएको थियो।

नेप्सेका १३ समूहमध्ये चार समूहबाहेक सबैको सूचकमा गिरावट देखिएको छ। फाइनान्स समूह  सर्वाधिक ४.१७ प्रतिशतले बढ्दा बाँकी समूहमा सामान्य वृद्धि भएको छ। घटेका समूहको सूचक एक प्रतिशतभन्दा कमले घटेका छन्।

सोमबार पोखरा फाइनान्स, जानकी  फाइनान्स र नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्त र सप्तकोशी विकास बैंकको मूल्य क्रमशः ७.६१ प्रतिशत र ६.९९ प्रतिशतले बढेका छन्।

तर, पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक ६ प्रतिशतले गुमाएका छन्। इस्टर्न हाइड्रोपावर, मेन्छीयाम हाइड्रोपावर र चिरख्वा  हाइड्रोपावरको सेयर मूल्य तीन प्रतिशतभन्दा धेरैले घटेका छन्।

ad
ad