१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २९ मंगलबार १२:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धनका सांसदको भेला सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २९ मंगलबार १२:१७:००

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअघि आज बिहान सत्तागठबन्धनका सांसदहरूबीचको भेला सम्पन्न भएको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा भएको भेलामा  एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । 

यस्तै, सत्तागठबन्धनमा रहेका दलहरू एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाबाट राष्ट्रिय सभा सदस्य रहेका सांसदहरू छलफलमा सहभागी थिए । भेलाले गठबन्धनका साझा उम्मेदवार नारायण दाहाललाई अध्यक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

राष्ट्रिय सभामा अहिले अध्यक्षको निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । अध्यक्षमा सत्तागठबन्धनबाट दाहाल र प्रतिपक्षी दल कांग्रेसका युवराज शर्मा उम्मेदवार छन् । कांग्रेस उम्मेदवारलाई लोसपाले पनि समर्थन गरेको छ ।