१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फिफा अध्यक्ष इन्फाटिन्होलाई मेसीमोह

कीर्तिमानी रूपमा आठौँपटक बालोन डिअर जितेका अर्जेन्टिनी कप्तान लियोनल मेसीले सन् २०२४ को विश्वकपसम्म खेल्नुपर्ने फिफा अध्यक्षको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:o८:oo

अर्जेन्टिनी कप्तान लियोनल मेसीले चार वर्षपछि आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिता खेल्ने सम्भावना खासै छैन । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा मेसी ३६ वर्षका हुनेछन् । त्यो वेलासम्म मेसीले विश्वकप खेल्ने वा नखेल्ने पक्षको निर्धारण फिटनेसले गर्नेछ । फिटनेस र फर्म राम्रो हुँदा मात्र खेलाडी टोलीमा पर्छन् । यी दुवै पक्ष छैन भने नाम चलेका खेलाडीसमेत टोलीमा रहँदैनन् । तर, फिफाका अध्यक्ष गिआनी इन्फाटिन्होले मेसीले सन् २०३४ को विश्वकपसम्म खेल्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । 

डी स्पोर्टस् कार्यक्रममा फिफा अध्यक्ष गिआनीले मेसीप्रतिको आफ्नो धारणा स्पष्ट पारेका हुन् । ‘मेरो भित्री चाहना मेसीले सन् २०३४ को विश्वकपसम्म खेल्नुपर्छ,’ ठट्टा गर्दै गिआनीले भने, ‘मेसीका समर्थकहरूको विचार पनि मेरोजस्तै हो ।’ सन् २०२४ को विश्वकप साउदी अरेबियाले आयोजना गर्नेछ । त्यसवेला मेसी उमेर ४७ वर्षका हुनेछन् । फुटबल जगत्मा लगभग ३५ वर्ष नाघेपछि सन्न्यास लिने गरेका छन् । अपवादका रूपमा केही खेलाडी अहिले ३५ काटिसक्दा पनि मैदानमा सक्रिय नै छन् । 

मेसीको चाहना थप एक विश्वकप
गत वर्ष मेसीकै एकल प्रयासमा अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकप उपाधि जितेको थियो । मेसी स्वयंले त्यसवेला कतार विश्वकप नै अन्तिम भएको बताएका थिए । तर, उनले कम्तीमा एक विश्वकप खेल्ने इच्छा देखाएका छन् । ‘गत वर्ष नै मैले अन्तिम विश्वकप भनेको थिएँ, तर अहिले कम्तीमा एक विश्वकप खेल्ने मनसाय छ,’ मेसीले भनेका छन्, ‘हेरौँ, चार वर्षपछि मेरो फिटनेस कस्तो हुनेछ, फिटनेस राम्रो भए खेल्नेछु, नभए कतार विश्वकप नै मेरो करिअरको अन्तिम विश्वकप हुनेछ ।’ 
लगातार छैटौँपटक विश्वकप खेल्ने योजना सार्थक बनाउन कडा मिहिनेत आवश्यक भएको उनले बताए । 

ad
ad