Skip This
उच्चकाे आदेश बदलियाे, पतिलाई थुनामा पठाउन र ससुरालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २० बुधबार २o:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उच्चकाे आदेश बदलियाे, पतिलाई थुनामा पठाउन र ससुरालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

आरती साह मृत्यु प्रकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार २o:२५:oo

सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 

न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको आज बसेको इजलासले आरतीका श्रीमानलाई थुनामा पठाउन आदेश दिएको हो। अर्का प्रतिवादी मदनमोहन साह (आरतीका ससुरा)लाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश भएको छ।

गत सात जेठमा जनकपुर उपमहानगरपालिका–८ स्थित श्रीमान् मोतीबाबुको घरमा आरती मृत फेला परेकी थिइन्। लगत्तै माइतीपक्षले मोतीबाबु र मदनमोहनविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए। 

त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषाले दुवैलाई पक्राउ गरी अनुसन्धान सकेर जिल्ला अदालत जनकपुरमा मुद्दा दायर गरेको थियो। त्यसपछि गत ३ जेठमा भएको थुनछेक बहसमा जिल्ला अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 

त्यसपछि जिल्लाको आदेश बदर गर्न माग गर्दै अभियुक्तको तर्फबाट उच्च अदालतमा निवेदन परेको थियो। अभियुक्तले मागेअनुसार नै उच्च अदालतले आत्महत्या दुरुत्साहनको मुद्दामा प्रमाण नपुगेको भन्दै जिल्ला अदालतको आदेश उल्टाएको थियो।
त्यसपछि पीडितहरू सर्वोच्च पुगेका थिए। सोही निवेदनमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दै मोतीबाबुलाई थुनामा राख्न तथा मदनमोहनलाई धरौटीमा छाड्न आदेश दिएको हो। 

यस्ताे छ आदेश ः