Skip This
कम्प्युटर सुरक्षा दिवसमा एसबिआई बैंकका कर्मचारीको प्रतिज्ञा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १५ शुक्रबार ११:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कम्प्युटर सुरक्षा दिवसमा एसबिआई बैंकका कर्मचारीको प्रतिज्ञा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार ११:५४:oo

कम्प्युटर सुरक्षा दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीले सुरक्षा तथा सचेतनासम्बन्धी प्रतिज्ञा गरेका छन् । कर्मचारीले बैंकको नीतिअनुरूप कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका हुन् । 

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पन्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त र अन्य उच्च पदाधिकारीको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीलाई प्रतिज्ञा गराएको बैंकले जनाएको छ ।

सन् १९८८ देखि विश्वभर कम्प्युटरसम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले हरेक नोभेम्बर ३० तारिखका दिन ‘कम्प्युटर सुरक्षा दिवस’ मनाइँदै आएको छ ।