Skip This
हुम्लाको यारी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व असुली
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर ११ सोमबार १३:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हुम्लाको यारी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व असुली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार १३:o१:oo

लामो समय कोभिड– १९ को प्रभावका कारण हुम्लाको यारी नाका भान्सार शून्य देखिएको थियो। आर्थिक वर्ष ०८०/८१ साउनयता हुम्लाको यारी नाका भान्सारबाट लक्ष्यभन्दा बढी राजस्व असुली भएको छ। 

यारी नाका भान्सार कार्यालयले पाँच लाख ७७ हजार लक्ष्य राखेको भए पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको यारी नाका भान्सार कार्यालयका कार्यालय प्रमुख रामराज जैसीले जानकारी दिए।

कात्तिक महिनाको १८ गतेसम्म नाै लाख २२ हजार दुई सय ४४ रुपैयाँ भान्सार संकलन भएको कार्यालय प्रमुख जैसीले नयाँ पत्रिकासँग बताए।

लक्ष्यभन्दा १५९.८३८ प्रतिशत रहेको भान्सार कार्यालयका प्रमुख जैसीको भनाइ छ। विकास निर्माणका सामान जुता, चप्पल, घरायसी सामान, लुगाकपडा चुल्होलगायतका सामानबाट राजस्व संकलन भएको बताए।