Skip This
साताको सेयर बजार : नेप्सेमा आठ अंकको सुधार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Saturday, 27 July, 2024
रासस काठमाडौं
२o८o मङ्सिर ९ शनिबार १७:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

साताको सेयर बजार : नेप्सेमा आठ अंकको सुधार

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार १७:२३:oo

तिहार र छठपछि खुलेको सेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको संकेत देखिएको छ। यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अंकले बढेर एक हजार आठ सय ६०.२० को विन्दुमा कायम छ।

यो साताको पहिलो कारोबार सोमबार भएको थियो। एक हजार आठ सय ५२.०९ को विन्दुबाट कारोबार सुरु भएको नेप्से परिसूचकमा पहिलो दिन झिनो अंकको सुधार देखिएको थियो। सोमबार नेप्से परिसूचक एक दशमलव ३९ अंकले बढेर एक हजार आठ सय ५३.४८ अंकमा कायम भएको थियो।

सातामा कारोबारको दोस्रो दिन नेप्से परिसूचकमा २३.८२ अंकको गिरावट देखियो। मंगलबार परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९.६५ को विन्दुमा कायम भएको थियो। त्यस्तै, तेस्रो दिन बुधबार परिसूचक २०.६७ अंकले बढेर एक हजार आठ सय ५०.३३ अंकमा कायम भएको थियो भने साताको अन्तिम दिन बिहीबार नौ दशमलव ८७ प्रतिशतले बढेर एक हजार आठ सय ६०.२० अंकमा कायम भएको छ।

यो सातामा रु चार अर्ब ४८ करोड ५२ लाख ४३ हजार पाँच सय ३९ बराबरको कारोबार भएको छ। सातामा कारोबार भएका सेयर संख्या एक करोड ५६ लाख २८ हजार चार सय ६२ कित्ताबराबर रहेको छ।

यो साताको पहिलो दिनको कारोबारपछि रु २८ खर्ब ५७ अर्ब ७५ करोड ९० लाख १० हजार बराबर रहेको बजार पुँजीकरण अन्तिम दिनको कारोबारपछि २८ खर्ब ६८ अर्ब १२ करोड तीन लाख ६० हजार कायम भएको छ। एक सातामा बजार पुँजीकरण रु १० अर्ब ३६ करोड १३ लाख ५० हजारले बढेको हो।