Skip This
‘सेयर र जग्गामा कर्जा बढ्दा अर्थतन्त्रमा समस्या देखियो’ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ७ बिहीबार o६:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘सेयर र जग्गामा कर्जा बढ्दा अर्थतन्त्रमा समस्या देखियो’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार o६:o७:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले घरजग्गा र सेयरमा कर्जा प्रवाह बढी भएको कारण अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले शंखधर साख्वा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । ‘हिजोको दिनमा धेरै ऋण प्रवाह गरियो, धेरै मानिसले जग्गा र सेयरमा लगानी गरे । यसैको प्रतिफल अहिले हातमा नगद छैन, ऋण तिर्न धौधौ परेको छ,’ उनले भने, ‘जसले धेरै ऋण लिएका थिए, ऊ नै किन तिर्ने भन्दै हिँडिरहेका छन् ।’

ऋणको दुरुपयोग गर्नेलाई राज्यले नछोड्ने उल्लेख गर्दै समस्यामा परेकाहरूलाई सहजीकरण गर्ने उनको भनाइ छ । ‘दुरुपयोग गर्नेको कुरा छाडौँ, तर कोही गर्दागर्दै पनि साँच्चिकै समस्यामा परेका छन् । जो काम गर्न खोज्दाखोज्दै विविध परिस्थितिले अप्ठ्यारोमा परे त्यसलाई राज्यले हेर्नेछ । ऋण लिने, दश ठाउँमा लगानी गर्ने, तर तिर्दिनँ भन्न पाइँदैन ।’

उनले रेमिट्यान्स र पर्यटक आगमनका कारण अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित भएको बताए । उनले भने, ‘हाम्रो अर्थतन्त्र बिस्तारै सकारात्मक दिशामा गइरहेको छ । विप्रेषण आइरहेको छ, अहिले पर्यटक सबैभन्दा धेरै आइरहेका छन् । सरकारले सडक सञ्जाल विस्तार गरेको छ, यसले आर्थिक रूपान्तरणमा ठूलो सहयोग पुग्नेछ ।’ मध्यपुरथिमिमा खानाको परिकार पनि विशिष्ठ खालको भएको उनले बताए । उनले भने, ‘मध्यपुरथिमिको समृद्धिसँगै यहाँको घरहरू, पाटी पौवालगायत विशिष्ट कलाले सुसज्जित छन् । नेपालको पहिचान भनेर देखाउने भनेको यही हो । यसको सम्मान मात्रै होइन, यसको संरक्षण पनि गर्नुपर्छ ।’