टिकटक प्रतिबन्धबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी

मंगलबार, ५ मंसिर, २०८०
डिजिटल संस्करण

सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारकाे निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश दिएको हो।

सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध अदालत खुलेको पहिलो दिन नै सर्वोच्चमा १० वटा रिट निवेदन दर्ता भएका थिए।

मन्त्रिपरिषद्को निर्णय बदर गर्न अन्तरिम आदेश माग गरिएको रिटमा कानुनी आधारविनै टिकटक बन्द गराइएको दाबी गरिएको छ। यद्यपि, सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ। पूर्ण सुनुवाइका लागि १९ मंसिरलाई पेसी तोकेको छ।

सुझावित समाचार