१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १२:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जाजरकोट भूकम्पपीडितका लागि छुट्टै राहत तथा पुनर्स्थापना कोष स्थापना गर्न कर्मचारी संगठनको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:५५:oo

नेपाल राष्ट्रिय कर्मचारी संगठनले जाजरकोट भूकम्पबाट पीडित भएका नागरिकलाई यथाशीघ्र राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन माग गरेको छ।

संगठनका अध्यक्ष अम्बादत्त भट्टले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिको जटिल अवस्थामा घाइतेको उपचार तथा घरवारविहीन जनतालाई गाँसबाससहित राहतको व्यवस्था तथा पुनर्स्थापना यथाशीघ्र गर्न सरकारसँग माग गरेका हुन्।

संगठनले अहिलेको राष्ट्रिय विपत्तिको सामना गर्न तथा भूकम्प प्रभावित जनतालाई राहत तथा पुनर्स्थापना गर्न ‘प्राकृतिक विपत्ति राहत तथा पुनर्स्थापना कोष’ स्थापना गरी सम्पूर्ण संघ संस्था तथा आमनेपाली जनतासमेतको सहभागितामा एकद्वार प्रणालीबाट राहत वितरण गर्ने व्यवस्था गर्न पनि सरकारसँग जोडदार माग गरेको छ।

‘साथै आमनेपाली जनतालाई राष्ट्रिय शोकको विषम परिस्थितिमा एकताबद्ध भई राहत तथा पुनर्स्थापना कार्यमा सहभागी हुन हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

संगठनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशअन्तर्गतका आफ्ना सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई सम्बन्धित सरकारी निकायको समन्वयमा राहत तथा उद्धार कार्यमा खट्न निर्देशनसमेत दिएको छ।

ad
ad