मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o कार्तिक १७ शुक्रबार
  • Friday, 14 August, 2026
२o८o कार्तिक १७ शुक्रबार १८:२२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरूका लागि स्याहार केन्द्र निर्माण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १७ शुक्रबार १८:२२:oo

लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरूका लागि स्याहार केन्द्र निर्माण हुने भएको छ । प्रदेशस्तरीय उक्त स्याहार केन्द्र निर्माणका लागि राजधानी क्षेत्रमा जग्गा खोजीकार्य भइरहेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए।

उनका अनुसार राप्ती गाउँपालिकाका विभिन्न क्षेत्रमा जग्गाको अवलोकन गरिएको छ। ‘जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरूका लागि स्याहार केन्द्र स्थापनाका लागि हामीले जग्गा खोज्ने काम गरिरहेका छौँ। जग्गा प्राप्ति भएसँगै प्रक्रिया अघि बढ्छ,’ उनले भने।

स्याहार केन्द्र स्थापनाका लागि करिब २० बिघा जग्गा चाहिने उनले बताए। घाइते परिवारलाई जीवनयापनमा समस्या हुने गरेकाले एउटै स्थानमा राखेर स्याहार गर्ने र आय–आर्जनमा पनि जोड्ने गरी केन्द्र निर्माण गर्न लागिएको मन्त्री मास्कीको भनाइ छ।

स्याहार केन्द्र निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८०/८१ मा दुई करोड बजेट विनियोजन गरेको छ।